श्रावण १२, २०८१ शनिबार July 27, 2024

रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट १६ माघ। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर वडा ३ मेवा गाउँ र टेंग्राहाको बीचमा नाग देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानैदेखि नाग देवताको दर्शन गर्नेहरूको भीड लागेको स्थानीय वीरेन्द्र यादवले बताए ।

पछिल्लो तीनदिनदेखि उक्त स्थान नहरको छेउमा नाग देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे  निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्नेगरेको गाउँलेहरुले बताएका छन् । नाग देवता भनिएको उक्त सर्प जस्तै केही समय अघि कटहरियामा पनि देखिएको थियो। उक्त सर्पलाई ब्लेक कोबरा भनिएको थियो।

यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो ।

स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थान पुलको छेउ जंगलमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए। शिलान्यासको केही दिनपछि उक्त स्थानमा  एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन ।सञ्जय मिश्रा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार