मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने

मध्यपुर्वमा थप तनाब बढने संकेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिंगटन डिसी, १९ माघ ।  इरान र अमेरिकाको बीचमा जारी तनावको बीचमा अमेरिकाले इराक र सिरियामा इरानी लक्ष्यहरूमा आक्रमणहरूलाई अनुमति दिएको छ।

अमेरिकाले सिरिया र इराकमा इरानी लक्ष्यहरूमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेको अधिकारीहरूले बताएका हुन् ।

यससँगै केही दिनदेखि चलिरहेको अनुमानको अन्त्य भएको छ । उल्लेखनीय छ कि जोर्डनमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले कहिले बदलाको कारबाही गर्छ भन्ने अड्कलबाजी गरिएको थियो ।

आइतबार जोर्डनको एक बेसमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले यस हमलाको लागि इरान समर्थित आतंकवादीलाई दोष दिएका थिए र कडा कारबाही गर्ने कुरा गरेका थिए। उनले यस विषयमा तथ्य संकलन गरिरहेको बताए । ‘हामीलाई थाहा छ कि यो सिरिया र इराकमा सक्रिय कट्टरपन्थी इरान समर्थित आतंकवादी समूहहरूले गरेको हो’ उनले भनेका थिए ।

ह्वाइट हाउस नेशनल सेक्युरिटी काउन्सिलका रणनीतिक सञ्चार संयोजक जोन किर्बीले आक्रमणमा ३० भन्दा बढी अमेरिकी सैनिक पनि घाइते भएको र अस्पताल भर्ना गरिएको बताएका थिए । किर्बीले भने, ‘हामी अर्को युद्ध चाहँदैनौं। हामी तनाव बढाउन चाहँदैनौं तर हामी निश्चित रूपमा यस क्षेत्रमा आफ्नो रक्षा गर्न, यो मिसन जारी राख्न र यी आक्रमणहरूको उचित जवाफ दिनको लागि आवश्यक पर्ने सबै गर्नेछौं। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार