मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

माल्दिभ्सबाट भारतीय सेनाको पहिलो टोली मार्च १० मा बाहिरिने

तैनाथ करिब ८० सैनिकहरू भारतीय नागरिकहरूले प्रतिस्थापन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

माले, २१ माघ । माल्दिभ्सको विदेश मन्त्रालयले भारतले यस वर्षको मे सम्ममा टापु राष्ट्रबाट आफ्ना सेना फिर्ता गर्ने दाबी गरेको छ ।

भारतीय बिदेश मन्त्रालयले भारतले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्ने जनाएको छ। अधिकारीहरूले हिन्द महासागर द्वीपसमूहमा तैनाथ करिब ८० सैनिकहरू भारतीय नागरिकहरूले प्रतिस्थापन गर्ने बताएका छन्।

माल्दिभ्सले द्विपक्षीय सहयोग सम्बन्धी विभिन्न विषयमा दिल्लीमा भएको उच्चस्तरीय बैठकमा भएको सहमतिलाई उद्धृत गर्दै भारतीय सैनिकको पहिलो समूह मार्च १० सम्म र बाँकी मे १० सम्ममा देश छाड्ने बताएको हो ।

माल्दिभ्सको विदेश मन्त्रालयले दुई देशबीचको अर्को द्विपक्षीय बैठक फेब्रुअरीको अन्तिम साता मालेमा हुने जनाएको छ ।

उता, भारतको विदेश मन्त्रालयले दुवै देशले भारतीय उड्डयन प्लेटफर्मको सञ्चालनलाई निरन्तरता दिन भने सहमत भएको बताएको छ। तर, मन्त्रालयले सेना फिर्ता गर्ने कुनै समयसीमा तोकेको छैन । भारतले माल्दिभ्समा तैनाथ एक दर्जन स्वास्थ्यकर्मीसहित भारतीय सैनिकले देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मानवीय सहायता र चिकित्सा उपचार उपलब्ध गराएको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार