बैसाख २६, २०८३ शनिबार May 9, 2026

कोरोना संक्रमितका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोगमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अमेरिकामा कोरोना संक्रमित विरामीहरुको उपचारमा प्रयोग गरिंदै आएको भारतीय औषधि हाइड्रोक्सिक्लोरोक्विन प्रयोगमा रोक लगाइएको छ ।
अमेरिकाको सरकारी निकाय फूड एण्ड एडमिनिस्ट्रेशन (एफडिए) ले कोरोना संक्रमित विरामीहरुमा मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगमा रोक लगाएको हो ।

यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो निर्णयलाई अस्विकार गरेका छन । कोरोना संक्रमित विरामीको उपचारमा यो औषधि उपयुक्त रहेको आफ्नो दावीमा ट्रम्प अडिग छन ।

७४ बर्षीय ट्रम्पले सोमबार पत्रकारहरुसंग भने, ‘मैले यो औषधि २ हप्तासम्म सेवन गरें । मलाई ठिक छ । कुनै समस्या छैन ।’

हाइड्रोक्सिक्लोरोक्विन औषधिको क्लिनिकल परीक्षणका क्रममा पत्ता लागेका तथ्यहरुको हवाला दिंदै एफडीले भनेको छ, ‘हाइड्रोक्सिक्लोरोक्विन औषधि आपतकालिन अवस्थामा रहेका कोरोना संक्रमित विरामीको उपचारका लागि उपयुक्त छैन ।

यो औषधिले सामान्य अवस्थाका विरामीलाई पनि निको पार्न सक्दैन ।’ यसअघि एफडीले नै हाइड्रोक्सिक्लोरोक्विन प्रयोगको अनुमति दिएको बिबिसीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार
घुम्तीगोठबाट पर्यटकीयस्थलमा परिणत भएको दोभान
२०८३ बैसाख २६, शनिबार
त्रिविवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन
२०८३ बैसाख २६, शनिबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ बैसाख २६, शनिबार