वैशाख ३१, २०८१ सोमबार May 13, 2024

कोरोना संक्रमितका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोगमा रोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । अमेरिकामा कोरोना संक्रमित विरामीहरुको उपचारमा प्रयोग गरिंदै आएको भारतीय औषधि हाइड्रोक्सिक्लोरोक्विन प्रयोगमा रोक लगाइएको छ ।
अमेरिकाको सरकारी निकाय फूड एण्ड एडमिनिस्ट्रेशन (एफडिए) ले कोरोना संक्रमित विरामीहरुमा मलेरियाको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगमा रोक लगाएको हो ।

यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो निर्णयलाई अस्विकार गरेका छन । कोरोना संक्रमित विरामीको उपचारमा यो औषधि उपयुक्त रहेको आफ्नो दावीमा ट्रम्प अडिग छन ।

७४ बर्षीय ट्रम्पले सोमबार पत्रकारहरुसंग भने, ‘मैले यो औषधि २ हप्तासम्म सेवन गरें । मलाई ठिक छ । कुनै समस्या छैन ।’

हाइड्रोक्सिक्लोरोक्विन औषधिको क्लिनिकल परीक्षणका क्रममा पत्ता लागेका तथ्यहरुको हवाला दिंदै एफडीले भनेको छ, ‘हाइड्रोक्सिक्लोरोक्विन औषधि आपतकालिन अवस्थामा रहेका कोरोना संक्रमित विरामीको उपचारका लागि उपयुक्त छैन ।

यो औषधिले सामान्य अवस्थाका विरामीलाई पनि निको पार्न सक्दैन ।’ यसअघि एफडीले नै हाइड्रोक्सिक्लोरोक्विन प्रयोगको अनुमति दिएको बिबिसीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय मुद्दामा बुझ्ने र बुझाउनेबीचको खाडल घटाउनुपर्छ: अध्यक्ष दाहाल
२०८१ वैशाख ३१, सोमबार
निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल
२०८१ वैशाख ३१, सोमबार
वामपन्थी शक्तिहरु वैचारिक बहसमा जुट्नुपर्दछ : मुख्यमन्त्री अधिकारी
२०८१ वैशाख ३१, सोमबार
नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम पनि वृद्धि
२०८१ वैशाख ३१, सोमबार
सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी जेठ ३ गते विश्वासको मत लिनुहुने
२०८१ वैशाख ३१, सोमबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
२०८१ वैशाख ३१, सोमबार
सुशासनका पक्षमा उभिएकाले राजश्व बढाउन सफल भयौंः मन्त्री शर्मा
२०८१ वैशाख ३१, सोमबार