असार २२, २०८१ शनिबार July 6, 2024

भारत र चीनका सेनाबिच सीमा क्षेत्रमा भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारत र चीनका सेनाबिच लद्दाखको सीमा क्षेत्रमा भिडन्त हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।

सीमा क्षेत्रमा गलवान उपत्यकामा भएको झडपमा एक उच्च सैन्य अधिकारी र दूई जवानको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत सरकारका अनुसार गलवान उपत्यकाको सीमाबाट सैनिक पछि हट्ने क्रममा झडप भएको हो। सोमबार राति दुई पक्षबिच ठूलो भिडन्त भएको भारतीय सेनाले जनाएको छ ।

समस्या समाधानका लागि दुई पक्षका उच्च सैनिक अधिकारीबिच हाल वार्ता भइरहेको जनाइएको छ।

भारत–चीन सीमा रेखा क्षेत्रको गलवान उपत्यकामा पछिल्लो केही समयदेखि दुई देशका सेनाबिच तनावको अवस्था रहँदै आएको छ । समस्या समाधानका लागि वार्ता भइरहे पनि तनाव भने जारी छ।

कम्तिमा पछिल्लो ४५ वर्षमा भारत–चीन सीमा विवादलाई लिएर भएको भिडन्तमा पहिलोपटक मानवीय क्षति भएको हो ।

यसअघि सन् १९७५ मा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ पक्षको एम्बुस आक्रमणमा भारतीय सैनिकको ज्यान गएको थियो । यस्तै दुई पक्षबिच सन् १९६७ मा भिडन्त भएको थियो ।

१९७५ मा अरुणाञ्चल प्रदेशको एलएसी क्षेत्रमा पेट्रोलिङ्गमा रहेको भारतीय भौजमाथि चिनियाँ पक्षले एम्बुस प्रहार गरेको थियो । त्यसअघि सन् १९६७ मा नाथु ला क्षेत्रमा दुई देशका सेनाबिच भिडन्त भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया