फागुण १४, २०८० सोमबार February 26, 2024

वेस्ट इन्डिजका फास्ट बलर शामर आइपिएलमा लखनउबाट खेल्ने

सिजनको आईपीएल मार्च २३ बाट सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २८ माघ । वेस्ट इन्डिजका फास्ट बलर शामर जोसेफ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को सिजन लखनउ सुपर जायन्ट्सबाट खेल्ने भएका छन् ।

लखनउले शमारलाई ३ करोड भारुमा टिममा समावेश गरेको छ । शमारलाई लखनउले इङ्ल्यान्डका तिब्र गतिका बलर मार्क वुडको स्थानमा समावेश गरिएको हो ।

वेस्ट इन्डिजका फास्ट बलर शमरले हालै आफ्नो प्रदर्शनले विश्वलाई नै चकित पारेका थिए । उनले अस्ट्रेलियाविरुद्धको गाब्बा टेस्टको दोस्रो इनिङ्समा ७ विकेट लिएर आफ्नो टोलीको हारेको खेल जिताएका थिए । वेस्ट इन्डिजले ३६ बर्षपछि अस्ट्रेलियालाई गाबा मैदानमा पराजित गरेको थियो । सो खेलको प्रदर्शनको पुरस्कार स्वरूप उनको अब आइपिएलमा इन्ट्री भएको छ ।

यस सिजनको आईपीएल मार्च २३ बाट सुरु हुने बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले अध्यक्ष ओलीद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त
२०८० फागुण १४, सोमबार
न्यायपालिकालाई जनताको भरोसाको केन्द्रको रुपमा स्थापित गर्नुपर्छ : प्रधानन्यायधिश श्रेष्ठ
२०८० फागुण १४, सोमबार
१० वर्षपछि जुम्ला–सुर्खेत उडान शुरु
२०८० फागुण १४, सोमबार
किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन
२०८० फागुण १४, सोमबार
निषेधित क्षेत्र तोड्ने ४९ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा
२०८० फागुण १४, सोमबार
आरबिबि–एनभिए महिला पुरुष भलिबल चैत्र ३ गतेदेखि
२०८० फागुण १४, सोमबार
भेरी अस्पतालमा रेबिज विरुद्धको भ्याक्सिन अभाव
२०८० फागुण १४, सोमबार