असार २१, २०८२ शनिबार July 5, 2025

राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः परशुराम नगरपालिकाले डडेल्धुरा जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यस वर्ष पनि जितेको छ । परशुरामले गत वर्ष पनि राष्ट्रपति रनिङ शिल्डमा कब्जा जमाएको थियो ।

डडेल्धुरा सदरमुकामस्थित टुँडिखेलमा आइतबार सम्पन्न प्रतियोगितामा सर्वाधिक २० स्वर्ण, १२ रजत र सात कास्य पदकसहित परशुराम नगरपालिकाले शिल्ड जितेको हो । समापन कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले परशुराम नगरपालिकालाई शिल्ड हस्तान्तरण गरेका छन् ।

प्रतियोगितामा अमरगढी नगरपालिकाले १९ स्वर्ण, सात रजत र १७ कास्य पदकसहित द्वितीय स्थान हासिल गरेको छ भने अजयमेरु गाउँपालिकाले आठ स्वर्ण, १७ रजत र ११ कास्य पदकसहित तृतीय स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख डम्मरबहादुर भण्डारीले जानकारी दिए ।

कार्यालय प्रमुख भण्डारीका अनुसार प्रतियोगितामा आलिताल गाउँपालिकाले पाँच स्वर्ण, १२ रजत र १३ कास्य पदक हात पारेको छ भने भागेश्वर गाउँपालिकाले एक स्वर्ण, दुई रजत र एक कास्य, नवदुर्गा गाउँपालिकाले एक स्वर्ण, एक रजत र सात कास्य पदक हात पारेको छ । प्रतियोगितामा गन्यापधुरा गाउँपालिकाले भने एउटा पनि स्वर्ण पदक जित्न सकेन् । गन्यापधुरा गाउँपालिकाले दुई रजत र पाँच कास्य पदकमा चित्त बुझाएको छ ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते, उसुलगायतका खेलहरु समावेश थिए । जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिने कार्यालय प्रमुख भण्डारीले बताए । शुक्रबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले १४औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार