मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भारतीय ब्याट्सम्यान सौरभ तिवारीले लिए सन्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नयाँ दिल्ली, १ फागुन । बायाँ हाते भारतीय ब्याट्सम्यान सौरभ तिवारीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

भारतका लागि ३ एकदिवसीय खेल खेलेका सौरभ तिवारीले सोमबार अबेर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन ।

उनले सन् २०१० मा अष्ट्रेलियाविरुद्ध भारतका लागि एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसपछि उनले ३ ओडिआई खेल मात्रै खेल्न पाएका थिए । सौरभ तिवारीले आफ्नो अन्तिम एकदिवसीय खेल २०१० मा न्युजिल्याण्ड विरुद्ध खेलेका थिए। त्यसपछि उनले भारतबाट खेल्ने मौका भने कहिल्यै पाउन सकेनन ।

सौरभ तिवारीले सन् २०१० मा महेन्द्र सिंह धोनीको कप्तानीमा अष्ट्रेलिया विरुद्ध भारतका लागि डेब्यु खेल खेलेका थिए तर उनले भारतका लागि धेरै खेल खेल्न सकेनन्। उनले भारतबाट मात्र ३ ओडिआई खेल्ने मौका पाएका थिए । जसमा उनले ४९ रन बनाएका थिए ।

आफ्नो सन्यासको बारेमा सौरभ तिवारीले भने,  ‘मैले यो निर्णय मेरो प्रदर्शनका आधारमा लिएको होइन। घरेलु क्रिकेटमा मेरो रेकर्ड उत्कृष्ट छ । यसपछि उनले मलाई प्रायः यसपछि के गर्ने भनेर सोधिने बताए, ‘म क्रिकेट मात्र जान्दछु, त्यसैले भविष्यमा पनि यो खेलसँग जोडिनेछु ।’

सौरभ तिवारीले सन् २००८ मा मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यु गरेका थिए। त्यसपछि उनले यस फर्म्याटमा कुल ९३ खेल खेलिसकेका छन् । जसमा २८.७३ को औसतमा १४९४ रन बनाएका छन् । सौरभले आफ्नो आईपीएल करियरमा दिल्ली डेयरडेभिल्स, रोयल च्यालेन्जर्स बैंगलोर र राइजिङ पुणे सुपरजायन्ट्सबाट पनि खेलेका छन्।

उनले आफ्नो अन्तिम आईपीएल खेल २०२१ मा राजस्थान रोयल्स विरुद्ध खेलेका थिए। त्यसपछि उनी बाहिर घुमिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार