वैशाख १६, २०८१ आइतबार April 28, 2024

महाभारतका ‘कृष्ण’ले दिए श्रीमतीबिरूद्द उजुरी, प्रहरीले छानबिन गर्दै

नितिशले भोपालका पुलिस कमिश्नरमा यस विषयमा उजुरी दिएका छन् र स्मिताले आफूलाई मानसिक रूपमा सताएको बताएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतमा नितिशको नाम उनको व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बनेको देखिन्छ ।

यसैबीच, नितिशको बारेमा ठूला समाचार बाहिर आएका छन्। सानो पर्दाका श्रीकृष्ण आफ्नी आईएएस अफिसर पत्नी स्मिता घाटेसँग दिक्क भइसकेका छन् । अभिनेताले आफूमाथि श्रीमतीले मानसिक उत्पीडन गरेको जस्तो गम्भीर आरोप लगाएका छन् । यस विषयमा नितिश भारद्वाजले प्रहरीसमक्ष सम्पर्क गरेका छन् ।

Mahabharata's 'Krishna' complained to the police - ex-wife is torturing him

उल्लेखनीय छ कि दोस्रो विवाहको रूपमा नितिश भारद्वाजले मध्य प्रदेश क्याडरकी आईएएस अधिकारी स्मिता पाटिलसँग विवाह गरेका थिए। तर, केही वर्षपछि नितिश र स्मिताको सम्बन्धविच्छेद भयो । फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार नितिशकी पूर्व पत्नीले उनलाई अझै पनि उत्पीडन गरिरहेकी छिन् ।

नितिशले भोपालका पुलिस कमिश्नरमा यस विषयमा उजुरी दिएका छन् र स्मिताले आफूलाई मानसिक रूपमा सताएको बताएका छन्। यति मात्र होइन, उनले छोरीहरूलाई भेट्नसमेत दिएकी छैनन् ।

नितिश भारद्वाजको यो गुनासोलाई ध्यानमा राख्दै भोपालका प्रहरी आयुक्तले यस विषयमा छानबिन गर्न आदेश दिएका छन् । यस गुनासोमा नितिशले मूलतः प्रशासनसँग सहयोग मागेका छन्। यसरी फेरि एकपटक महाभारतका श्रीकृष्णको नाम चर्चाको विषय बनेको हाे ।

वास्तवमा सन् २००९ मा नितिश भारद्वाजले स्मिता घाटेसँग दोस्रो विवाह गरेका थिए । सुरुमा उनीहरुबीच सबै कुरा राम्ररी चल्यो र विवाहको केही वर्षपछि उनीहरुबाट दुई जुम्ल्याहा छोरी जन्मिए । तर केही समयपछि उनीहरुको सम्बन्धमा दरार आयो र २०१९ मा उनीहरुको बाटो सदाका लागि छुट्टिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इलाम-२ को मतगणना ११ बजेदेखि सुरु हुने
२०८१ वैशाख १६, आइतबार
मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १२ जना घाइते
२०८१ वैशाख १६, आइतबार
सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ हुँदै
२०८१ वैशाख १६, आइतबार
सुर्तीजन्य वस्तुको कर वृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
२०८१ वैशाख १६, आइतबार
बालमन्दिर जग्गा अनियमितता प्रकरण : वृहस्पतिसँग भएको ५२ वर्षे अवैध सम्झौता रद्ध
२०८१ वैशाख १६, आइतबार
नागार्जुन नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा
२०८१ वैशाख १६, आइतबार
इङलिश प्रिमियर लिग : बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का
२०८१ वैशाख १६, आइतबार