श्रावण १४, २०८३ बिहिबार July 30, 2026

महाभारतका ‘कृष्ण’ले दिए श्रीमतीबिरूद्द उजुरी, प्रहरीले छानबिन गर्दै

नितिशले भोपालका पुलिस कमिश्नरमा यस विषयमा उजुरी दिएका छन् र स्मिताले आफूलाई मानसिक रूपमा सताएको बताएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धार्मिक टिभी शो महाभारतमा भगवान कृष्णको भूमिका निभाएका अभिनेता नितिश भारद्वाजलाई कसले भुल्न सक्छ । विगतमा नितिशको नाम उनको व्यक्तिगत जीवनलाई लिएर चर्चाको विषय बनेको देखिन्छ ।

यसैबीच, नितिशको बारेमा ठूला समाचार बाहिर आएका छन्। सानो पर्दाका श्रीकृष्ण आफ्नी आईएएस अफिसर पत्नी स्मिता घाटेसँग दिक्क भइसकेका छन् । अभिनेताले आफूमाथि श्रीमतीले मानसिक उत्पीडन गरेको जस्तो गम्भीर आरोप लगाएका छन् । यस विषयमा नितिश भारद्वाजले प्रहरीसमक्ष सम्पर्क गरेका छन् ।

Mahabharata's 'Krishna' complained to the police - ex-wife is torturing him

उल्लेखनीय छ कि दोस्रो विवाहको रूपमा नितिश भारद्वाजले मध्य प्रदेश क्याडरकी आईएएस अधिकारी स्मिता पाटिलसँग विवाह गरेका थिए। तर, केही वर्षपछि नितिश र स्मिताको सम्बन्धविच्छेद भयो । फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार नितिशकी पूर्व पत्नीले उनलाई अझै पनि उत्पीडन गरिरहेकी छिन् ।

नितिशले भोपालका पुलिस कमिश्नरमा यस विषयमा उजुरी दिएका छन् र स्मिताले आफूलाई मानसिक रूपमा सताएको बताएका छन्। यति मात्र होइन, उनले छोरीहरूलाई भेट्नसमेत दिएकी छैनन् ।

नितिश भारद्वाजको यो गुनासोलाई ध्यानमा राख्दै भोपालका प्रहरी आयुक्तले यस विषयमा छानबिन गर्न आदेश दिएका छन् । यस गुनासोमा नितिशले मूलतः प्रशासनसँग सहयोग मागेका छन्। यसरी फेरि एकपटक महाभारतका श्रीकृष्णको नाम चर्चाको विषय बनेको हाे ।

वास्तवमा सन् २००९ मा नितिश भारद्वाजले स्मिता घाटेसँग दोस्रो विवाह गरेका थिए । सुरुमा उनीहरुबीच सबै कुरा राम्ररी चल्यो र विवाहको केही वर्षपछि उनीहरुबाट दुई जुम्ल्याहा छोरी जन्मिए । तर केही समयपछि उनीहरुको सम्बन्धमा दरार आयो र २०१९ मा उनीहरुको बाटो सदाका लागि छुट्टिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार