वैशाख १५, २०८१ शनिबार April 27, 2024

जोन सिना भनेर काम गर्ने साेचेकाे बेला ‘पोर्न स्टार’ जोन सिन्स परे पछि….

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बइ, ६ फागुन । एक विज्ञापनमा रणवीर सिंहलाई जोनी सिन्ससँग देखेपछि फ्यानहरू चकित भएका थिए।

वयस्क अभिनेता जोनी सिन्सले रणवीर सिंहसँग यौन कल्याणकारी ब्रान्ड बोल्ड केयरको विज्ञापनको लागि सहकार्य गरेका थिए। यो विज्ञापनलाई लिएर निकै हंगामा भएको थियो ।

Uttaran' actress Rashami Desai slams Ranveer Singh-Johnny Sins' viral ad,  says it's a 'slap for the TV industry' – Firstpost

यो विज्ञापनमा दुवै कलाकारसँगै टिभी अभिनेत्री भावना चौहान पनि देखिएकी थिइन् । अब विज्ञापनको बारेमा कुरा गर्दै भावना चौहानले खुलासा गरेकी थिइन् कि पहिले उनलाई आफु जोन सीनासँग काम गर्न लागेको भन्ने लागेको थियो रे ।

इन्डिया टुडेसँग कुरा गर्दै भावनाले भनिन्,  ‘मलाई थाहा छैन मैले नाम किन गलत पढेँ । तर सोच्नुहोस्, जोनी यस्तो विज्ञापनको हिस्सा हुनेछन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। मैले सोचे कि भारतमा पहलवानहरूले धेरै काम गर्छन् र त्यसैले यो जोन सीना हुनेछ भनेर सोच्नु मूर्खता हो। अन्तिम विवरण पाए पछि मात्र जोनी सिन्स भएको थाहा भयो ।’

रणवीर सिंहसँग काम गर्ने बारे अभिनेत्रीले भनिन्,  ‘उनको वरिपरि बस्न पाउँदा निकै रमाइलो लाग्यो । हाम्रो उर्जा राम्रोसँग मिलेको थियो र उसले मलाई मेरो काम कत्तिको मन परेको पनि बतायो। तर, कलाकार निकै प्रोफेसनल भएकाले कामको क्रममा जोनी सिन्ससँग कुरा गर्ने मौका नपाएको पनि भावनाले बताइन् ।

भावना चौहानले विज्ञापनलाई लिएर आफूले पाएको नकारात्मक प्रतिक्रियाको बारेमा पनि बताइन् । उनले आफूहरु व्यवसायिक भएकाले यस्ता कुराको असर बुझेको बताइन । विज्ञापनको मूल स्क्रिप्ट बढी रमाइलो भए पनि परिवर्तन गरेको उनले बताए ।

उनका अनुसार यो विज्ञापनलाई टिभी कार्यक्रमको सामान्य दृश्यजस्तै बनाउने उनको मनसाय सबैले घरमै बसेर सहजै हेर्न सक्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार
पोखरामा बस दुर्घटना, १९ जना घाइते
२०८१ वैशाख १५, शनिबार
दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
२०८१ वैशाख १५, शनिबार