काठमाण्डौंः प्रथम जिएम कप राष्ट्रिय भलिबल खेलमा गण्डकी, नेपाल पुलिस क्लब र एपिएफ सेमिफाइनल पुगेका छन् ।
दाेस्राे दिन आईतवारकाे पहिलाे खेलमा आयाेजक जिएम समाज कावासाेतीलाई गण्डकी प्रदेश टिमले २५/२१,२५/२२ र २६/२४ काे साेझाे सेटमा पराजित गरेकाे थियाे ।
दाेश्राे खेलमा नेपाल पुलिस क्लवले नेपाल आर्मी क्लवलाई २५ / १९, २७/२५ र १८/१६ ले पछि पार्दै जित निकालेकाे हाे । आर्मीले अघि पछि गरि २५ /१८ र २५/२० स्काेरकाे जितमा पुलिससंग खेलेकाे थियाे ।
स्थानीय कुमारवर्ती क्याम्पस ग्राउन्डमा संचालित तेस्रो खेलमा बिभागीय टिम एपिएफले २५/१८,२५/१३ र १५/१३ सहित जित हात पारेकाे छ । साेही खेलमा एपिएफकाे प्रतिष्पर्धी गण्डकी प्रदेशले २५/१७ र २५/२३ मा चित्त बुझायो । याेसँगै जिएम कप २०८० अन्तरगत लिग चरणका खेलहरू सकिएका छन् ।
सम्पन्न तीन खेलमा गण्डकीका खेलाडी सन्तोष बिक, पुलिस क्लवका बलराम गुरूङ्ग र एपिएफका बिजय थापा म्यान अफ दि म्याच घाेषित भए। साेमबार आर्मी र एपिएफ तथा पुलिस र गण्डकी बीच सेमिफाइनलका गेम हुने खेल संयाेजक कृष्ण रानाले बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया