मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

पाकिस्तानकाे चुनावमा धाँदली भएकाे आराेप पछि छानबिन समित गठन, हुन सक्छ पुनर्निर्वाचन

उच्चस्तरीय समितिले पनि धाँधली भएको पुष्टि गर्‍यो भने निर्वाचनको नतिजा रद्द हुने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामबाद, ७ फागुन । पाकिस्तानमा सम्पन्न आमचुनावको नतिजाको भविष्य के हुन्छ भन्ने कुराको अवस्था स्पष्ट छैन ।

अब आम निर्वाचन पनि रद्द हुन सक्ने अनुमान गरिएको छ किनभने पाकिस्तानको निर्वाचन आयोगले एक उच्च प्रशासनिक अधिकारीले लगाएको धाँधलीको आरोपको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। यदि यो समितिले पनि धाँधली भएको पुष्टि गर्‍यो भने निर्वाचनको नतिजा रद्द हुने सम्भावना रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

ती अधिकारीले न्यायपालिका र निर्वाचन आयोगको उक्साहटमा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीसँग रावलपिंडीको चुनावमा धाँधली भएको बताएका थिए। रावलपिण्डीका पूर्व आयुक्त लियाकत अली चट्ठाले शनिबार चुनाव हारेका केही सहरहरूमा पराजित भएका उम्मेदवारहरूलाइ विजयी भएको घाेषणा गरेकाे आरोप लगाएका थिए ।

लियाकतअलि चट्ठाले रावलपिण्डीमा १३ जना उम्मेदवारलाई जबरजस्ती विजयी घोषणा गरिएको जनाउँदै हाल बिजयी भएका उम्मेदवारहरूले मत ल्याउन नसकेकाे दाबी गरेका थिए । उनकाे याे भनाइ यस्तो समयमा आएको हो, जब इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले फेब्रुअरी ८ मा भएको आम चुनावमा धाँधली र पार्टीलाई दिएको जनादेश खोसिएको भन्दै राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु गरिरहेकाे थियाे ।

पाकिस्तानको अखबार ‘डन’ मा प्रकाशित समाचार अनुसार रावलपिंडीका पूर्व आयुक्त चट्ठाले भने, ‘म यो अशान्तिको पूर्ण जिम्मेवारी लिन्छु र यसमा मुख्य निर्वाचन आयुक्त र प्रधानन्यायाधीश यसमा पूर्ण रूपमा संलग्न रहेको बताइरहेको छु।’

उता, चट्ठाले चुनावी परिणाम हेरफेर गरेको ‘जिम्मेवारी’ लिँदै पदबाट राजीनामा दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगले मुख्य निर्वाचन आयुक्त विरुद्ध चट्ठाले लगाएको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। आयोगले आरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएर आरोप छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको जनाइएकाे छ ।

मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले भिडियो कन्फ्रेन्समार्फत बैठकमा भाग लिएका थिए । अर्कोतर्फ रावलपिण्डीका नवनियुक्त आयुक्त सैफ अनवर जप्पाले निर्वाचनमा धाँधली भएको पूर्व आयुक्तले लगाएका सबै आरोप अस्वीकार गरेका छन् । उनले निर्वाचनमा आयुक्तको भूमिका समन्वयका लागि मात्रै भएको स्पष्ट पारे । धाँधली भएको दाबी निराधार रहेकाे उनले जिकिर गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार