मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईसीसी विश्वकप क्रिकेट लिग २ : नेदरल्याण्डसँग नामिबिया ७ विकेटले पराजित

नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः आईसीसी विश्वकप क्रिकेट लिग २ को आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड विजयी भएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेदरल्याण्डले नामिबियालाई पराजित गरेको हो ।

नेदरल्याण्डले ७ विकेटले नामिबियालाई हरायो । नेदरल्याण्डको जितमा आर्यन दत्त एक्लैले ६ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३४ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

त्यस्तै नेदरल्याण्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए । १२४ रनको सामान्य लक्ष्य पाएको नेदरल्याण्डका लागि ब्याटिङमा मिचेल लेभिटले ५७ रन बनाए भने म्याक्स ओ डाओडले २८ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए । बास डी लिडेले २१ रन बनाए ।

नामिबयाका लागि गेरहार्ड इरासमुसले ७ ओभर बलिङ गर्दै २३ रन खर्चिएर तीन विकेट लिए । ब्याटिङमा जेजे स्मिथले सर्वाधिक २६ रन बनाए भने जेन ग्रिनले १९, रुवेन ट्रम्पलम्यानले २० रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् । जितसँगै नेदरल्याण्डले पनि लिग टु को यस सिजनको खेलमा पहिलो अङ्क जोडेको छ ।

अङ्क तालिकामा नेपाल, नामिबिया र नेदरल्याण्ड तीन टोलीले नै समान २-२ अङ्क जोडेका छन् । नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा उक्लिएको छ । नेपाल र नामिबियाबीच बुधवार खेल हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार