मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक

माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः फागुन १० देखि १९ गतेसम्म इलाममा हुने ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक गरिएको छ ।

माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

स्थानीय खेलाडी महिलाको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्मका प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष दिनेश काफ्लेका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेता टिमले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिताको फाइनल खेलका दिन विभिन्न समयमा इलामबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको काफ्लेले बताए ।

प्रतियोगिताका लागि करिब नौ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ । प्रत्येक दर्शकबाट अन्य दिन ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क उठाइने भएको छ ।

अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई आधा छुट दिने आयोजक क्लबका सन्तोष भक्तराजले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार