कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

जब ३४० मिलियनको चिट्ठा पर्ने ब्यक्ति भाेलीपल्टै भए कंगाल

जोनले पावरबल कम्पनी विरुद्ध ठगी र सम्झौता उल्लङ्घन सहित ८ वटा मुद्दा दायर गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिंगटन डिसी, ९ फागुन । एक क्षणमा व्यक्तिले ३४० मिलियन जित्यो र अर्को क्षणमा त्यो गुम्यो भने के होला ? यति मात्र होइन, अब त्यो व्यक्तिले अदालतको चक्कर काटिरहेको छ । जसको मुद्दाको अर्को सुनुवाइ २३ फेब्रुअरीमा हुदैँछ।

यो चिट्ठा संयुक्त राज्य अमेरिकाको वासिङ्टन डीसी निवासी जोन चिक्सले जितेका थिए तर कम्पनीले वेबसाइटमा विजेता लटरी नम्बर टाइप गर्दा गल्ती भएको भन्दै पैसा दिन अस्वीकार गरे पछि उनी अदालत पुगेका हो ।

चिठ्ठाको बिजेता अरु कोही भएमा रकम उसैलाई दिइने कम्पनीले जनाएको छ । कम्पनीले पैसा नदिदाँ जोन छक्क परेका छन ।

त्यसपछि जोन चिक्स न्यायको लागि अदालत पुगेर कम्पनीविरुद्ध मुद्दा दायर गरेको  हुन् । प्रहरीलाई दिएको उजुरीमा जोनले आफूले ६ जनवरी २०२३ मा पावरबल कम्पनीको लटरी टिकट किनेको बताए । भोलिपल्ट ड्र भयो र २ दिन पछि जब उनले वेबसाइट जाँच गरे, उनलाइ ३४० मिलियन डलरको ज्याकपट थियो। उनले विजयी ड्रको स्क्रिनसट लिए।

उनी निकै खुसी थिए र यसै खुशीमा उनले आफ्ना साथीहरुलाई पार्टी पनि दिए । भोलिपल्ट उसले कम्पनीमा फोन गरेर चिठ्ठाको पैसा माग्न गएँ तर कम्पनीले गल्तीले तपाईको नम्बर अपलोड भएको र पुरस्कार अरु कसैले जितेको भन्दै दिन अस्वीकार गरिदियो ।

मिडिया रिपोर्टका अनुसार जोनले कम्पनीको अफिसमा गएर आफ्नो लटरीको टिकट अधिकारीहरुलाई देखाए तर उनले नभई अरु कसैले चिठ्ठा जितेको भन्दै अस्वीकार गरेका थिए । अधिकारीहरूले उनलाई चिठ्ठाको टिकट च्यातेर डस्टबिनमा फाल्न भने। जसबाट चिठ्ठा किनेको एजेन्टले पनि टिकट बेकार भएको बताए ।

अन्ततः उसले चिट्ठामा जितेको पैसा प्रत्यक्ष माध्यमबाट प्राप्त गर्न नसक्ने महसुस भयो, त्यसैले उनले कानुनी बाटो लिने निर्णयमा पुगे जोनले पावरबल कम्पनी विरुद्ध ठगी र सम्झौता उल्लङ्घन सहित ८ वटा मुद्दा दायर गरेका छन, जसको अदालतमा सुनुवाइ भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार