मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नुवाकोटमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु

प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, तेक्वान्दो र उशु प्रतियोगिता संचालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नुवाकोटमा १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा विदुर ४ बट्टारमा रहेको नुवाकोट आर्दश बुहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगितामा जिल्लाको १० वटा पालिकाका झण्डै एक हजारभन्दा बढी विद्यालयका विद्यार्थीहरुले भाग लिएको जिल्ला खेलकुद विकास समिती नुवाकोटका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

प्रतियोगितमा भलिवल, एथेलिटिक्स, कवडी, कराते, तेक्वान्दो र उशु प्रतियोगिता संचालन हुने छ । प्रतियोगिताको उद्घाटन पुर्व युवा तथा खेलकुद मन्त्रि तथा नुवाकोट क्षेत्र नं १ का सघिय सांसद हितबहादुर तामाङ गरेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दे तामाङले देशलाई चिनाउने मूख्य माध्यम खेलकुद क्षेत्र भएको बताए । उनले खेलकुदले शरिर मात्र नभई मस्तिष्क समेत ताजा वनाउन मद्धत पुग्ने बताए ।

खेलकुदको विविध आयाम विद्यार्थी जीवनवाट नै शुरु हुने र खेलकुदको माध्यामवाट समाज र देशको पहिचानमा पनि महत्वपुर्ण भुमिका खेल्ने हुदाँ विद्यार्थी जीवन देखी नै यसको प्रयोग हुुनुपर्ने तामाङ भनाई रहेको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको विजयी खेलाडीहरुले जिल्लाको प्रतिनिधित्य गर्दै प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति नुवाकोटले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार