मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अन्तर–स्कुल क्रिकेट : सरस्वती र सत्यनारायण स्कुल सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको पहिलो खेलमा सरस्वती स्कुलले आदर्श स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित निर्धारित २० ओभरमा २ विकेट गुमाई १ सय ४९ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच अविजित यादवले अविजित ७१ रन बनाउँदा अविशेक यादवले ३३ रनमा अविजित रहे । आदर्शका सौरभ राँयले २ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य पछ्याएको आदर्शले पुरै ओभर खेल्दै ८ विकेट गुमाई १ सय १० रन बनायो । जस्मा प्रभास यादवले ३९ रन बनाउँदा आशिष राँयले २३ रन बनाए । सरस्वतीका आयुस सेन्चुरीले २ विकेट लिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मून स्कुललाई २९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २२ रनको योगफल तयार पारेको थियो । जस्मा आनन्दकुमार साहले सर्वाधिक २३ रनको योगदान दिए । न्यु मूनका सहवाज आलमले ३ विकेट लिए ।

१ सय २३ रनको विजयी लक्ष्य पाएको न्यू मुनले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा साहिल आलमले २० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ म्याच सोनुकुमार सिंहले सर्वाधिक २ विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार