मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि

बेलायतस्थित धरान–युके समाजले उपविजेतालाई दिइने ५ लाख रुपैयाँ पुरस्कारको प्रायोजन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४औँ संस्करण फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने भएको छ । धरान फुटबल क्लबले आज बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

क्लबका अध्यक्ष प्रताप तामाङले बुढासुब्बा गोल्डकप आइएमई बैंक र क्वालिटी नुडल्सलगायतको प्रयोजनमा हुने जानकारी दिए ।यसपालि उपाधि विजेता टिमलाई दिइने १० लाख रुपैयाँ पुरस्कार धरान–हङकङ मञ्चलगायत हङकङमा रहेका नेपाली संघ संस्थाहरूले प्रयोजन गर्ने जनाइएको छ ।

यसैगरी, बेलायतस्थित धरान–युके समाजले उपविजेतालाई दिइने ५ लाख रुपैयाँ पुरस्कारको प्रायोजन गर्ने भएको छ । धरान–युके हेल्पिङ हेण्डसले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग हुने क्लबले जनाएको छ ।

यस्तै, धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ, प्रायोजक आइएमईले ५ लाख, कोशी प्रदेश खेलकुद विकास बोर्डले ५ लाख, क्वालिटी नुडल्सको २ लाख प्रयोजन रहने छ ।प्रतियोगितामा ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुने अध्यक्ष तामाङले बताए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छन् । उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार