चैत्र ११, २०८१ सोमबार March 24, 2025

विश्वकप लिग-२ : नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित

पहिलो सिरिज सकिदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालमाथि नेदरल्यान्ड्सले जित हात पारेको छ। आज कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाललाई नेदरल्यान्ड्सले ८ विकेटले पराजित गरेको छ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले नटआउट ५८ रन र साइबन्ड एंगलब्रेटले नटआउट ४६ रन जोडे।

उनीहरूबीच तेस्रो विकेटका लागि १०२ रनको साझेदारी भयो।आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सले नवौं ओभरमा पहिलो विकेट गुमायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका थिए। उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।यस्तै अर्का ‌ओपनर म्याक्स ओ’डाउद २८ रन जोडेर आउट भए।

उनलाई नेपालका ललित राजवंशीले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। पहिलो सिरिज सकिदा नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ अंक छ भने नेपाल ३ अंकसहित दोस्रो स्थानमा छ।

अब लिग-२ को दोस्रो सिरिजमा युएईले घरेलु मैदानमा स्कटल्यान्ड र क्यानडा प्रतिस्पर्धा गर्दैछ।यससँगै नेपालको भने सेप्टेम्बरअघि एकदिवसीय खेलका औपचारिक प्रतियोगिता सकिएका छन्। अब नेपालले घरेलु मैदानमै नामिबिया र नेदरल्यान्ड्ससँग टी-२० सिरिज खेल्नेछ‍।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया