फागुण ३, २०८१ शनिबार February 15, 2025

पाँचथर गोल्डकप : पथरी फुटबल क्लबलाई हराँउदै बागमती सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिस्पर्धी पथरी फुटबल क्लब मोरङलाई हराउँदै बागमती युवा क्लब फिदिममा जारी पाँचथर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा बागमतीले मोरङलाई टाइब्रेकरमा ४–१ गोलले हरायो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा बागमतीका निर्मल बल, अनिल राना मगर, अभि लामा र देव गुरुङले गोल गर्नुभयो ।

पथरीका निरोज परियारले मात्रै गोल गर्न सक्नुभयो । बागमतीका गोलरक्षक रौनक चौलागाँई म्यान अफ दि म्याच हुनुभयो । उहाँले पाँच हजार रुपियाँ पाउनुभयो । १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार र उपविजेताले दुई लाख ५५ हजार रुपियाँ पुरस्कार पाउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया