असार २१, २०८२ शनिबार July 5, 2025

आरबिबि–एनभिए महिला पुरुष भलिबल चैत्र ३ गतेदेखि

प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आठौं आरबिबि–एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप, २०८० चैत्र ३ गतेदेखि सुरु हुने भएको छ।

नेपाल भलिबल संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ३ देखि १० गतेसम्म राखेप कवर्डहलमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ९ टिम गरि २१ टिमको सहभागीता रहने संघले जनाएको छ।

प्रतियोगितामा पहिलो हुनेले रु ५ लाख, दोस्रो हुनेले साढे २ लाख र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए। त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०–४० हजार पाउनेछन् भने व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही रु १५–१५ हजार नगद पुरस्कार पाउने श्रेष्ठले बताए।

प्रतियोगिता सम्पन्न गर्न अनुमानित ५५ लाख खर्च लाग्ने र जसमध्ये मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंकले १८ लाख रुपैयाँ उपलब्ध गराउने संघले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार