असार २१, २०८२ शनिबार July 5, 2025

त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्यान्डस् भिड्दै

त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान साढे ११ बजे सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी- २० सिरिजको दोस्रो खेलमा नेपालले आज नेदरल्याण्डससँग खेल्दैछ । टियु क्रिकेट मैदानमा यो खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमै नेपाल हिजो पाहुना टोली नामिबियासँग २० रनले पराजित भएको छ । सुरुवाती ब्याटिङ गरेको नामिबियाले प्रस्तुत गरेको दुई सय सात रनको लक्ष्य पच्छाउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै एक सय ८६ रनमा समेटियो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै दुई सय ६ रनको योगफल बनाएको थियो ।

नामिबियाका लागि जान निकोल लेफिट इटनले ३३ बलमा शतक प्रहार गर्दै यसअघि कुशल मल्लको नाममा रहेको ३४ बलमा शतक पुरा गर्ने कीर्तिमान तोड्न सफल भए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार