श्रावण १२, २०८१ शनिबार July 27, 2024

युद्धविरामको खबरसँगै गाजा पट्टीमा खुसीयाली

युद्धको समयमा रोटी किन्न हतारिने गाजाका एक पत्रकारले आज रोटी आफैं बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युद्धको त्रासका बीच बाँचिरहेका गाजाका नागरिकहरुले अमेरिकी राष्ट्रपति जो बाइडनले दिएको युद्धविरामको खबरसँगै खुसीको सास फेरेका छन् ।

अमेरिकी राष्ट्रपति बाइडनले अर्को हप्ता युद्धविराम हुनसक्ने बताउनु भएको थियो । युद्ध रोकिने आशामा गाजापट्टीमा खुसीयाली छाएको हो । खुसीको खबरसँगै धेरैले विहानीको खाजा एक साथ खाने बताएका छन् ।

युद्धको समयमा रोटी किन्न हतारिने गाजाका एक पत्रकारले आज रोटी आफैं बनाउने निर्णय गरेको बताइन् । एउटा खबरले गाजाका मानिसको जीवनमा यति ठूलो खुसीयाली छाएको छ ।

युद्ध रोकिने आशामा मानिसहरुले बजारभरी खानेकुरा खोज्न र आफ्ना बालबच्चालाई मनोरञ्जन दिने प्रयास गरेका छन् । साथै भीडभाडयुक्त अस्पतालमा काम गरेका छन् ।

इजरायल-गाजा युद्ध अक्टोबर ७ मा सुरु भएको हो । हमास बन्दुकधारीहरूले दक्षिणी इजरायलमा आक्रमण गरी १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारवाही स्वरुप गाजामा आक्रमण शुरु गरेको हो ।

हमासले बन्धक बनाएका २ सय ५३ जना मध्ये अझै पनि १ सय ३० जना हमासकै कब्जामा छन् । इजरायली आक्रमणमा परी गाजामा हालसम्म २९ हजार ८ सय प्यालेस्टायनीले ज्यान गुमाएको हमासद्धारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार