वैशाख ३०, २०८१ आइतबार May 12, 2024

सामसङको ग्यालेक्सी ए ५१ स्मार्टफोन बिश्वकै नम्वर १ मा पर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिकमा उत्कृष्ट एन्ड्रोइड फोन हुन सफल भएको छ । विगत लामो समयदेखि लोकप्रिय ब्राण्डको रुपमा आफूलाई उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यस वर्ष पनि पहिलो नम्बरमा सुरक्षित राख्न सफल भएको हो ।

अन्य प्रतिस्पर्धी मोबाइललाई पछि पार्दै सामसङको ग्यालेक्सी ए ५१ पहिलो नम्बरमा आएको दाबी सामसङ कम्पनीले दाबी गरेको छ । सामसङले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बढी मोबाइल सेट बिक्री भएको जिकिर गरेको छ ।

एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्टफोनले विश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रेडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ । सो अध्ययन अनुसार रेडमीको बजार हिस्सा १ दशमलव ९ प्रतिशत छ ।

तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया