श्रावण १३, २०८३ बुधबार July 29, 2026

सामसङको ग्यालेक्सी ए ५१ स्मार्टफोन बिश्वकै नम्वर १ मा पर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङको ग्यालेक्सी ए ५१ सन् २०२० को पहिलो त्रैमासिकमा उत्कृष्ट एन्ड्रोइड फोन हुन सफल भएको छ । विगत लामो समयदेखि लोकप्रिय ब्राण्डको रुपमा आफूलाई उभ्याउन सफल सामसङको यो स्मार्टफोनले यस वर्ष पनि पहिलो नम्बरमा सुरक्षित राख्न सफल भएको हो ।

अन्य प्रतिस्पर्धी मोबाइललाई पछि पार्दै सामसङको ग्यालेक्सी ए ५१ पहिलो नम्बरमा आएको दाबी सामसङ कम्पनीले दाबी गरेको छ । सामसङले यो अवधिमा विश्वभरमा ६० लाख भन्दा बढी मोबाइल सेट बिक्री भएको जिकिर गरेको छ ।

एक अध्ययन अनुसार सामसङको ग्यालेक्सी ए ५१ फोर जी स्मार्टफोनले विश्व बजारमा २ दशमलव ३ प्रतिशत बजार हिस्स ओगटेको छ । सो अध्ययनले रेडमी दोस्रो स्थानमा रहन सफल भएको जनाएको छ । सो अध्ययन अनुसार रेडमीको बजार हिस्सा १ दशमलव ९ प्रतिशत छ ।

तेस्रो स्थानमा सामसङकै एस २० प्लस छ । जसको बजार हिस्सा १ दशमलव ७ प्रतिशत छ । सो अध्ययनले चौथो र पाँचौं स्थानमा क्रमशः सामसङको ए १० र रेमडी नोट ८ रहेको देखाएको छ । यी दुवैको बजारहिस्सा १ दशमलव ६ प्रतिशत छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार