श्रावण १२, २०८१ शनिबार July 27, 2024

जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा

प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा  दोस्रो स्थान हासिल गर्ने टोलीले रु पाँच  लाख नगद पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः न्युरोड टिम (एनआरटी) खेलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोल अन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा  सञ्जीव विष्टले दुई गोल गरे भने  विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै  एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जीवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि  सञ्जीवले पुनः दोस्रो गोल गरे । त्यसपछि खेलमा  कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा खेलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।  प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा  दोस्रो स्थान हासिल गर्ने टोलीले रु पाँच  लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार