असार २१, २०८२ शनिबार July 5, 2025

नामिबियाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दै छ । टियु मैदानमा हुने यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले आफ्नो टिममा आज तीन परिवर्तन गरेको छ । नेपालले आज कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशीलाई आराम दिएको छ भने उनीहरुको ठाउमा अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेखलाई टिममा सामेल गरेको छ ।

नेपालको प्लेइङ-११: रोहित पौडेल (कप्तान),  आसिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख ।

यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार बेहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार