श्रावण १२, २०८१ शनिबार July 27, 2024

तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु

भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले खेलाडिहरू निकै लाभान्वित हुने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भक्तपुर युवा टीमको आयोजनामा शुक्रबारदेखि तेश्रो भक्तपुर कप फुटबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका छन्।

उदघाटनमा नगर प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिता आजको लागिमात्र नभई भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताए। समाजलाई अनुशािसत र व्यवस्थित गर्ने सिलसिलास्वरुप नगरपालिकाले खेलकुद प्रशिक्षण, खुल्ला व्यायामशाला, कर्भड हल निर्माण, खेलकुद प्रतियोगिताहरु सञ्चालनमा जोड दिँदै आएको उनले बताए। उनले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताए।

भक्तपुर नपा वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवांले निडर र निर्भिक खेलाडी तयार गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रमा योगदान पुर्‍याइरहेको बताए। भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले खेलाडिहरू निकै लाभान्वित हुने विश्वास व्यक्त गरे।

भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवा टीम स्थापनाको इतिहास बताउँदै युवालाई कुलतबाट बचाउने अभियानस्वरुप भक्तपुर युवा टीम स्थापना भएको स्मरण गरे।

भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर कप फुटबल प्रतियोगिता संयोजक सुरेश कवां प्रतियोगितामा १६ वटा टीम सहभागी भएको अवगत गराए। न्यूजका‍रखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार