मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो

आर्मीलाई जिताउन सन्तोष केसी र पदम तामाङको १/१ र दिप लामाको २ गोल काफी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पाँचथरको फिदिममा सम्पन्न चौथो संस्करणको पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

फिदिम मा.वि. को खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक पाँचथर क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले उपाधि जितेको हो । आर्मीलाई जिताउन सन्तोष केसी र पदम तामाङले १/१ र दिप लामाले २ गोल गरे ।

आयोजकको तर्फबाट अनिष चापागाईँ र प्रशान्त लक्समले गोल गरे । विजेता आर्मीले नगद ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेता आयोजकले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका नवीन परियार, डिफेन्डर आर्मीका वसन्त तामाङ, मिड फिल्डर आर्मीका रुपेस क्षेत्री, कोच आर्मीका आदर्श मल्ल, हाइ स्कोरर आयोजकका शुक्रराज राई, सर्वोकृष्ट खेलाडी आयोजकका रोशन आङ्देम्बे र उदयमान खेलाडी आयोजकका मनिष क्षेत्री भए ।

उत्कृष्ट खेलाडीहरूलाई प्रति व्यक्ति १० हजार रुपैयाँ र सर्वोकृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । फागुन १२ बाट सुरु भएको प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार