मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ह्वाइट आइल्याण्ड ज्वालामुखी: बिष्फाेटकाे सुचना नदिएकाे भन्दै पीडितलाई लाखौं तिर्न आदेश

भ्रमण समूहको लगभग आधा मारिएका र अरू बाँकी सबै गम्भीर रूपमा घाइते भएको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ज्वालामुखीका बिष्फोटकाे जानकारी नदिएकाे भन्दै पीडितलाइ लाखौं क्षतिपुर्ति दिन न्युजील्याण्डको एक अदालतको आदेश दिएकाे छ ।

न्युजील्याण्डको एक अदालतले ह्वाइट आइल्याण्ड ज्वालामुखी प्रकोपका पीडितहरूलाई ४.८ मिलियन अमेरिकन डलर क्षतिपूर्ति दिन आदेश दिएको हाे ।

डिसेम्बर २०१९ मा भएको सो ज्वालामुखी बिष्फोटमा परी २२ जनाको मृत्यु भएको थियाे । सो टापुमा ४७ जना मानिसहरू ज्वालामुखीको भ्रमण गरिरहेको बेला त्यहाँ विस्फोट भएको थियो भने सो भ्रमण समूहको लगभग आधा मारिएका र अरू बाँकी सबै गम्भीर रूपमा घाइते भएका थिए ।

टापुको स्वामित्व र भ्रमण सञ्चालन गर्ने फर्महरूको वर्ष लापरवाही र सुरक्षा उल्लङ्घनमा दोषी पाए पछि न्युजील्याण्डको अदालतले सो आदेश दिएको हो ।

‘उचित जाँच प्रदान गर्न तिनीहरूको असफलताका कारण धेरैको जीवन बर्बाद भएको देखिन्छ,’ अदालत आफ्नो फैसालमा भनेको छ, ‘जबकी ज्वालामुखीले विष्फोटसम्मका हप्ताहरूमा तीव्र गतिविधिको संकेत देखाउँदै आएको थियो तर अपरेटरहरूले यसलाई बेवास्ता गरेको देखियो ।’

अकल्याण्ड जिल्ला अदालतले टापुको स्वामित्वमा रहेको कम्पनी वाकारी म्यानेजमेन्ट लिमिटेडलाई पीडितहरूलाई क्षतिपूर्ति ४.५७ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको न्युजील्याण्डका सञ्चारमाध्यमले जनाएका छन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
२०८३ मंग्सिर ३, बिहिबार
एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा
२०८३ मंग्सिर ३, बिहिबार