काठमाडौं : त्रिकोणात्मक टी–२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ।
टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ।
त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ।
अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया