काठमाडौंः हङकङमा हुनलागेको त्रिदेशीय टी–२० सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ ।
फागुन २६ देखि ३० गतेसम्म हुन लागेको सिरिजमा नेपालसँगै आयोजक टीम हङकङ र पपुवा न्युगिनिले खेल्नेछन् ।
प्रतियोगिताको लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ जनाको टोली घोषणा गरेको छ । प्रतियोगिताको लागि केही मुख्य खेलाडीलाई विश्राम दिएर युवा खेलाडीलाई अवसर दिइएको छ । दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, सोमपाल कामीलाई टोलीमा समावेश गरिएको छैन ।
टोलीमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा,आरिफ शेख, विवेक यादव,रसिद खान, करन केसी, सागर ढकाल, प्रतिश जिसी, लोकश बम, आकाश चन्द, अभिनाश बोहेरा समावेश छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया