श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

वीर अस्पतालद्वारा दुवाकोटमा पनि ओपिडी सेव शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौैं । मुलुकको सबैभन्दा पुरानो तथा जेठो अस्पताल वीर अस्पतालले भक्तपुरको दुवाकोटबाट पनि स्वास्थ्य सेवाको शुरुआत गरेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) अन्तर्गत सञ्चालित अस्पतालले सो स्थानबाट बुधबारदेखि बहिरंग स्वास्थ्य सेवा (ओपिडी) सेवा शुरुआत गरेको हो । अस्पतालका निर्देशक प्रा डा भुपेन्द्र बस्नेतले सो स्थानमान्याम्सले वीर अस्पताललाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्न अत्याधुनिक भौतिकसंरचना तयार गर्न स्वीकृतसमेत दिएको जानकारी दिनुभयो ।

ओपिडी सेवा बिहान ९ देखि ५बजेसम्म हुने सञ्चालन हुने अस्पताले जनाएको छ । यस्तै त्यहा चेकजाँच गरेपछि थपउपचार गर्नु परेमा वीर अस्पतालमा अर्काे टिकट लिन नपर्ने व्यवस्थासमेत अस्पताललेमिलाएको छ ।

स्वास्थ्य मन्त्रालयले न्याम्सलाई सो स्थानमा अत्याधुनिक स्वास्थ्य सेवा प्रदानगर्न भौतिक संरचना गर्न करीब ५ सय ७० रोपनी जमीन उपलब्ध गराएको थियो ।

अस्पतालले ओपिडी सेवा प्रदान गर्न एक जना मेडिकल अफिसर, नर्स, अहेबसहित आवश्यककर्मचारी व्यवस्था गरेको जनाएको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालले वीर अस्पतालकोचिकित्सा शिक्षा र स्वास्थ्य सेवा विस्तारलाई उच्च प्राथमिकता दिँदै आएको छ ।

सो स्थानमाभौतिक संरचनालगायत कामको शुरुआत गर्न मन्त्रालयले न्याम्सको गुरुयोजनाअनुसार रु ३०करोड विनियोजनसमेत गरिसकेको छ । वीर अस्पतालले सो स्थानमा एक हजारदेखि एकहजार ५०० सम्मको श्ययाको अस्पताल, नर्सिङ, औषधि पसल, चिकित्सा शिक्षाका लागिकलेज, आवास गृहलगायत पूर्वाधार तयार गर्दैछ ।

साथै सरकारीस्तरमा पहिलो पटकहेलिप्याडको सुविधासमेत रहने निर्देशक प्राडा बस्नेतले जानकारी दिनुभयो विसं १९४७ मा १५ श्ययाबाट सेवा दिन शुरु गरेको वीर अस्पतालको हालको क्षमता ४५०श्ययाको रहेको छ ।

अर्काेतर्फ न्याम्सले छिट्टै ६५० श्ययाको मेडिकल भवन निर्माण कार्यशुरु हुने तथा सय श्ययाको विशिष्ट प्रकारको विशेषज्ञ मेडिकल भवन जापान सरकारकोआर्थिक सहयोगमा शुरु भइसकेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार