काठमाडौं । नेपालले चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ आयात गरेको छ । भन्सार विभागले दिएको विवरणअनुसार साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको दुई लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको एक अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।
व्यापार तथा निकासी प्रर्वधन केन्द्रको तथ्याकंअनुसार पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया