मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आईसीसी अध्यक्ष बार्क मार्च १८ मा काठमाडौँ आइपुग्ने

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् ।

क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्वपूर्ण कदम भएको बताएको छ ।

आईसीसी अध्यक्ष बार्कले मार्च १८ मा काठमाडौँ आइपुग्ने छन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रंगशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने छन् । साथै आफ्नो भ्रमणको क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्री लगायतका प्रमुख व्यक्तिहरूसँग भेटवार्ता गर्ने भएका छन् ।

आफ्नो नेपाल भ्रमणको बारेमा बोल्दै आईसीसी अध्यक्ष बार्कले भने- ‘नेपाल क्रिकेट संघ (क्यान) टोलीले हासिल गरेको प्रगतिलाई प्रत्यक्ष रूपमा हेर्न नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । संघले सहभागिता बढाउन र यस क्षेत्रमा खेलको लोकप्रियता र समर्थनलाई अगाडि बढाउन काम गरेको छ। सफलताका कथाहरू आउँदो महिनाहरूमा संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी पुरुष टी-२०  विश्वकपका लागि वरिष्ठ पुरुष टोलीको छनोटको रूपमा प्रकट हुन थालिसकेका छन् ।’

उनले अगाडी भनेका छन्- ‘हामी २०२७ मा आईसीसी यू-१९ महिला टी-२० विश्वकपको सह-आयोजक नेपाललाई हेर्दै गर्दा, म त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट स्टेडियममा सुविधाहरूको भ्रमण गर्न उत्सुक छु ।’

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइसीसी अध्यक्ष बार्कलेको नेपाल भ्रमण बारे भने- ‘हामी आईसीसी अध्यक्षलाई स्वागत गर्न तत्पर छौं र फलदायी बैठकले नेपालमा क्रिकेटको भविष्यलाई आकार दिने विश्वास लिएकोमा आशावादी छौं । यो भ्रमणले नेपालको क्रिकेट सम्भाव्यतालाई आईसीसीले मान्यता दिएको मात्र होइन, हाम्रो राष्ट्रमा क्रिकेटको विकासलाई अघि बढाउने अर्थपूर्ण छलफललाई बढावा दिने एउटा अनुपम अवसर पनि प्रदान गर्दछ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार