फागुण ३, २०८१ शनिबार February 15, 2025

पाकिस्तानकाे काेइला खानी बिष्फाेटमा परी १२ काे मृत्यु, आठ जनाको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामबाद, ८ चैत । पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ ।

उक्त विस्फोट निकै शक्तिशाली भएको अधिकारीले बताएका छन् । जसका कारण कोइला खानी भत्किँदा १२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार उक्त दुर्घटनापछि खानीबाट करिब आठ जनाको उद्धार गरिएको छ । डन अखबारको समाचार अनुसार यो घटना हर्नाई जिल्लाको जर्दालो क्षेत्रमा भएको हो ।

समाचार अनुसार बलुचिस्तानका मुख्य खानी निरीक्षक अब्दुल घानी बलोचलाई उद्धृत गर्दै भनिएको छ कि मध्यरातमा मिथेन ग्यास विस्फोट हुँदा लगभग २० जना भित्र उपस्थित थिए। विष्फोटपछि उद्दार कार्य सुरु गरिएको उक्त अधिकारीले बुधबार पूरा गरेको जानकारी दिए । उद्धार टोलीले १२ जनाको शव निकालेको छ भने ८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

यसैबीच, प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शाहबाजले घाइतेहरूलाई सम्भावित सबै उपचार उपलब्ध गराउन निर्देशन दिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज शनिबार : शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँईको राशिफल
२०८१ फागुण ३, शनिबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुने
२०८१ फागुण ३, शनिबार
जन्मदिनमा प्रधानाध्यापकद्वारा विद्यार्थीलाई पोसाक वितरण
२०८१ फागुण ३, शनिबार
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
पिएसबीले नागरिकको आवाज बोल्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार