माघ ४, २०८१ शुक्रबार January 17, 2025

फिफा विश्वकप छनोट : नेपाल र बहराइनबीच खेल हुँदै

बहराइनको राष्ट्रिय रङ्गशालामा हुने खेलमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । यो खेल नेपालमै हुने तय भएकोमा दशरथ रङ्गशाला मैदान खेल्नका लागि उपयुक्त नभएपछि बहराइनमा हुन लागेको हो ।

पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। नेपालले अर्को खेल मंगलबार बहराइनमै खेल्ने छ ।

समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल युएई र यमनसँग पराजित भइसकेको छ ।यो समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने दुई टोली विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै, अन्तिमका दुई टोलीको विश्वकप छनोट यात्रा सकिने छ भने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया