श्रावण १२, २०८१ शनिबार July 27, 2024

१२औं सहबीर राष्ट्रिय खुल्ला स्मृति लङ टेनिस प्रतियोगिता : प्रदिप, रितिक र माहिका फाईनलमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल एपीएफ क्लबको आयोजनामा बिहिबार ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ को पुरुष एकलतर्फको सेमीफाईनल खेलमा प्रदिप खड्काले निशान श्रेष्ठलाई ६–३, र ६–२ ले र रितिक रानाले सक्षम विक्रम शाहलाई ६–३ र ६–३ ले पराजित गरी फाईनल प्रवेश गरेका छन् ।

यसैगरी महिला एकलतर्फको सेमीफाईनल खेलमा माहिका राणाले सुभांगीलक्ष्मी शाहलाई ४–६, ६–१ र ६–२ ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।

यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भिष्मजंग गुरुङ्गलाई ६–३ र ६–० ले पराजित गरी उपाधि जितेका छन् । त्यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फको फाईनल खेलमा ईलुम दिक्षित र जितेन्द्र परियारको जोडिले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडिलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि जितेका छन् ।

यसैगरी ४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले पराजित गरी उपाधि जितेका छन् । यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाईनल खेलमा विमल वाईबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले पराजित गरी उपाधि जितेका छन् ।

त्यस्तै ईन्टर गभरमेन्ट डबलतर्फको सेमीफाईनल खेलमा उत्तम बोगटी र अमित गुरुङ्गको जोडिले प्रेम कुमार शाही र नरेन्द्र कुमार सिंहको जोडिलाई ६–१ र ६–० ले पराजित गरी फाईलनमा प्रवेश गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार