भरतपुर (चितवन), १० चैतः जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा भारतका पिएसआर ग्रुप लखनउ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमूना मैदानमा आज भएको पहिलो खेलमा लखनउले बागमती प्रदेशलाई एक सय दुई रनको फराकिलो अन्तरले पराजित ग¥यो । यो लखनउको लगातार दोस्रो जित हो ।
आजै भएको दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाताले मधेस प्रदेशलाई तीन विकेटले पराजित ग¥यो ।
आजको जितसँगै लखनउ दुई खेलमा दुई जितपछि चार अङ्क बटुल्दै प्रतियोगिताको शीर्षस्थानमा छ भने एक खेलमा एक जितका साथ दुई अङ्कका साथ सुदूरपश्चिम दोस्रो, समान दुई अङ्क रहेको कोलकाता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित दुई अङ्कका साथ भरतपुर मेयर्स चौथो स्थानमा रहेको ।
लगातार दुई हार व्यहोरेको मधेस प्रदेश र बागमती प्रदेश क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया