मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भरतपुर च्याम्पियनसिपको उपाधि २८ बिघालाई

खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिघा दुई–शून्यले विजयी हुँदै च्याम्पियन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको उपाधि २८ बिघाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा आबुखैरेनीलाई हराउँदै २८ बिघाले उपाधि चुमेको हो । फाइनल खेलमा २८ बिघाले आबुखैरेनीलाई २–० गोलले हरायो ।

२८ बिगाको जितमा सृजन क्षेत्री र लक्षु थापाले गोल गरे । खेलको ५३औँ मिनेटमा २८ बिघाले सृजनको गोलमा अग्रता लिएको थियो । खेलको ७७औँ मिनेटमा आबुखैरेनी नौ खेलाडीमा सीमित भयो । देव गुरुङले दोहोरो पहेँलो कार्ड पाए भने सौगातप्रताप गुरुङले रातो कार्ड पाए । २८ बिघा पनि १० खेलाडीमा सीमित भयो । उसका सुजित बुढाथोकीले रातो कार्ड पाए ।

आबुखैरेनी नौ खेलाडीमा सीमित भएको फाइदा उठाउँदै २८ बिघाले गोल थप्यो । खेलको अतिरिक्त समयमा सृजनको एसिस्टमा लक्षुले गोल गरेपछि २८ बिघा दुई–शून्यले विजयी हुँदै च्याम्पियन बन्यो ।

एक गोल र एउटा गोलका लागि एसिस्ट गरेका सृजन प्लेयर अफ दी म्याच भए । विजेता २८ बिघाले रु तीन लाख तीन हजार प्राप्त गरेको छ । उपविजेता आबुखैरेनीले रु एक लाख ५० हजार प्राप्त ग¥यो ।

आबुखैरेनीका आकाश थापा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । २८ बिघाका रञ्जित चौधरी उत्कृष्ट डिफेन्डर तथा सोही क्लबका गोलकिपर वीरेन्द्र सारुमगर उत्कृष्ट गोलकिपर बने । उनीहरूले जनही रु पाँच–पाँच हजार र चौकीडाँँडाबाट प्याराग्लाइडिङको अवसर प्राप्त गरेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चितवन ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टोली सहभागी थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार