वैशाख १५, २०८१ शनिबार April 27, 2024

मस्को आक्रमण अपडेटः १ सय ३३ जनाको मृत्यु, १ सय ४० भन्दा बढी घाइते

क्रोकस सिटी हलको कन्सर्टमा सहभागी हुन आएकाहरुमाथि अज्ञात बन्धुकधारी समूहले आक्रमण गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : रुसको राजधानी मस्कोस्थित एक कन्सर्ट हलमा हतियारधारीले आक्रमण गर्दा कम्तीमा १ सय ३३ जनाको मृत्यु भएको छ । सो हमलामा परी १ सय ४० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

क्रोकस सिटी हलको कन्सर्टमा सहभागी हुन आएकाहरुमाथि अज्ञात बन्धुकधारी समूहले आक्रमण गरेको बिबिसीले उल्लेख गरेको छ । आक्रमणकारीले स्वचालित हतियार प्रयोग गरेका थिए ।

आक्रमणपछि भवनमा आगलागी भएको र त्यसभित्र धेरै मानिस फसेको अनुमान रहेको समाचारमा उल्लेख छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ ।

Deaths and injuries reported after Russia concert hall attack : NPR

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको दाबी विश्वसनीय भएको अमेरिकाले बताएको छ । ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिने काम भैरहेको भन्दै आक्रमणमा युक्रेनले कुनै पनि संलग्नता अस्वीकार गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया