मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एनभिए भलिबलमा हेल्प नेपाल र एभरेष्ट च्याम्पियन

पुलिस क्लवले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः हेल्प नेपाल स्पोर्ट्स एभरेष्ट भलिबल क्लव आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपको च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिवार सम्पन्न च्याम्पियनसिपमा हेल्प नेपाल पुरुषमा र एभरेष्ट महिलामा च्याम्पियन भएका हुन् ।

च्याम्पियन टोली हेल्प नेपाल र एभरेष्ट भलिबल क्लबले समान पाँच लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे । फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै उपाधि रक्षा गरेको हो । हेल्प नेपालले आर्मीलाई २०–२५, २७–२५, २३–२५, २९–२७ र २२–२० को रोमाञ्चक सेटमा हरायो । उपविजेता आर्मीले दुई लाख रुपैयाँसहित ट्रफी पायो ।

महिलातर्फ फाइनलमा भने एभरेष्टले नेपाल पुलिस क्लबलाई ३–१ ले हरायो । पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै एभरेष्ट पहिलोपटक च्याम्पियन बनेको हो । पुलिसले समूहचरणमा एभरेस्टमाथि ३–२ को जित निकालेको थियो । फाइनलमा भने एभरेष्टले बदला लिँदै पहिलो उचाल्यो । फाइनलमा भने एभरेष्टले पुलिसलाई १९–२५, २५–२२, २५–१८ र २५–१९ ले हरायो । उपविजेता पुलिसले दुई लाख रुपैयाँसहित ट्रफी पायो । महिलातर्पm नै शुक्रबार नै एपिएफ तेस्रो भएको थियो ।

पुरुषततर्फ शनिवार तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले गण्डकी प्रदेशलाई २५–१६, २५–२० र २९–२७ ले हरायो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वमन्त्री रामकुमारी झाँक्री, राखेप बोर्ड सदस्य प्रकाश कुसारी र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे । नेपाल भलिबल संघको आयोजनामा सम्पन्न प्रतियोगिता आठ दिनसम्म चलेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार