वैशाख १५, २०८१ शनिबार April 27, 2024

इण्डियन प्रिमियर लिग : मुम्बईमाथि गुजरात टाइटन्सको ६ रनको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ६ रनले पराजित गरेको छ ।

गुजरात टाइटन्सले दिएको १६९ रनको लक्ष्य पछाएको मुम्बई इण्डियन्सले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन मात्र बनाएपछि खेल ६ रनले हारेको हो ।

मुम्बईका लागि डेवाल्ड ब्रेभिसले सर्बाधिक ४६ रन बनाए भने रोहित शर्माले ४३ रन बनाएका थिए । त्यसैगरी तिलक बर्माले २५ र टिम डेविड तथा कप्तान हार्दिक पाण्डेयले ११-११ रन बनाएका थिए ।

त्यसैगरी गुजरात टाइटन्सका बलर अज्मतुल्लाह ओमरजाई, उमेश यादव, स्पेन्सर जोन्सन र मोहित शर्माले २-२ विकेट लिएका थिए भने साइ किशोरले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो ।

गुजरातका लागि साई सुदर्शनले सर्बाधिक ४५ रन बनाए भने कप्तान शुभमन गिलले ३१ रन बनाएका थिए । त्यसैगरी राहुल तेवातियाले २२, रिद्धिमान शाहले १९, अज्मतुल्लाह ओमरजाईले १७ रन बनाएका थिए ।

त्यसैगरी मुम्बई इण्डियन्सका बलर जसप्रित बुमराहले सर्बाधिक ३ विकेट लिए भने गेराल्ड कोएत्जेले २ तथा पियुष चावलाले एक विकेट लिएका थिए ।

यो जितपछि गुजरातले महत्वपूर्ण २ अंक हासिल गरेको छ भने मुम्बईले आइपिएल सिजनको पहिलो खेलमा फेरी हार बेहोरेको छ । मुम्बईले २०१३ यताका आइपिएलको पहिलो खेलमा अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया