वैशाख १५, २०८१ शनिबार April 27, 2024

नेपाल र बहराइनसँग दोस्रो खेल हेर्न आजराती १ बजे उठ्नुपर्ने

घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनमै खेल्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत नेपालले आज बहराइनसँग दोस्रो खेल खेल्दैछ ।

खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको नेशनल स्टेडियममा शुरु हुनेछ । यसअघि बिहीवार भएको खेलमा नेपाल बहराइनसँग ५–० गोलले पराजित भएको थियो । दशरथ रंगशालाको अवस्था खराब भएका कारण होम अर्थात घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि नेपालले बहराइनमै खेल्नुपर्ने भएको हो ।

अघिल्लो खेलमा घाइते भएका नेपालका फरवार्ड अन्जन विष्ट आज नखेल्ने भएका छन् । यस्तै यसअघिका दुई वटा खेलमा पहेँलो कार्ड पाएका मनीष डाँगी पनि आज खेल्ने छैनन् ।

समूह ‘एच’ मा सबै तीन खेल जितेको यूएई नौ अंकसहित शीर्ष स्थानमा छ । बहराइन छ अंकसहित दोस्रो स्थानमा, तीन अंकसहित यमन तेस्रो स्थानमा र सबै तीन खेल हारेको नेपाल अंकबिहीन हुँदै पुछारमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया