वैशाख १५, २०८१ शनिबार April 27, 2024

बंगलादेशमा किन चल्दै छ ‘इन्डिया आउट’ को अभियान ?

बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माल्दिभ्सपछि भारतको अर्को छिमेकी बंगलादेश पनि ‘इन्डिया आउट’ को आन्दोलनमा सामेल भएको छ ।  बंगलादेशमा भारतीय उत्पादन बहिष्कारको आह्वानले गति लिइरहेको छ ।

हालै बंगलादेशमा सम्पन्न आम निर्वाचनमा भारतले अनुचित रूपमा बंगलादेशका जनतालाई निर्वाचन अधिकारबाट वञ्चित गरेको र वर्तमान सरकारलाई अनुचित रूपमा समर्थन गरिरहेको आरोप लगाउदै ‘इन्डिया आउट’ को क्यापेन शुरु गरिएको छ ।

यस अघि माल्दिभ्समा पनि यसैगरी ‘इन्डिया आउट’ को नारा दिएर माल्दिभ्सका राजनीतिज्ञ डाक्टर मोहम्मद मुइज्जु सत्तामा आएका थिए।

भारतको समर्थनमा वर्तमान सरकारले सत्ता कब्जा गरेको छ र निर्दलीय तटस्थ निगरानीमा कुनै पनि निर्वाचन गराएको छैन ।  गत निर्वाचनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलहरुले निर्वाचन बहिष्कार गरेपनि प्रधानमन्त्री शेख हसिनाको पार्टीले चुनाव जितेर सरकार बनाएको थियो ।

यसमा भारतको सहयोग र समर्थन रहेको आम बुझाइ रहेको छ । तसर्थ बंगलादेशबाट भारतलाई पूर्ण रूपमा हटाउन नसकेसम्म बंगलादेशका जनताको प्रजातान्त्रिक अधिकार फिर्ता नहुने उनीहरूको दाबी छ ।

लामो समयदेखि व्यक्तिगत स्तर र सामाजिक सञ्जालमा यो अभियान चलिरहेको भए पनि आज बंगलादेशको प्रमुख प्रतिपक्षी दल बिएनपीले औपचारिक रुपमा यो आन्दोलनमा सहभागी हुन थालेको छ ।

बिएनपीका वरिष्ठ सहमहासचिव अधिवक्ता रुहुल कबीर रिजवीले भारतीय उत्पादन बहिष्कारको औपचारिक शुभारम्भ आफ्नो भारतीय पाना जनतासामु फालेर औपचारिक रुपमा सुरु गरेका छन् ।

आज हालै नयाँपल्टनस्थित नेकपा केन्द्रीय कार्यालय अगाडि आफूसँग रहेको भारतीय उत्पादनको पाना फालेर यो अभियानमा सहभागी भएका थिए ।

रिजवीले भने, ‘इन्डिया आउट अभियान सामाजिक सञ्जाल सहित जताततै चर्चामा छ । भारतीय उत्पादन बहिष्कार गरेर जनताले विरोध गरिरहेका छन् । सामाजिक सञ्जालमा देखिने भारतीय उत्पादन बहिष्कारको लहरले देशको ठूलो जनसङ्ख्या भारतीय उत्पादन बहिष्कारको पक्षमा दृढ अडान लिएको देखिन्छ ।’

बंगलादेश नेसनलिस्ट पार्टी-बीएनपी लगायत ६३ प्रजातन्त्र पक्षधर दलहरू जनताको पार्टीका रूपमा र कैयौ सामाजिक संजालका सेलिब्रेटीले यस अभियानलाई साथ दिइरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया