वैशाख १५, २०८१ शनिबार April 27, 2024

फिफा विश्वकप एसिया छनोट : बहराइन विरुद्धको दोस्रो खेलमा नेपाल पराजित

चारै खेलमा पराजित नेपाल अङ्कविहीन रहँदै समूह ‘एच’को पुछारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः फिफा विश्वकप एसिया छनोट अन्तर्गत घरेलु टोली बहराइन विरुद्धको दोस्रो खेलमा नेपाल ३-० ले पराजित भएको छ ।

बहराइन राष्ट्रिय रङ्गशालामा बहराइनलाई जित दिलाउन सायद महदी बाकेर, कप्तान अब्दुल्लाह युसुफ हेला र कमिल अल–अस्वादले गोल गरे । तीनै गोल पहिलो हाफमा भएका हुन् ।

चारै खेलमा पराजित नेपाल अङ्कविहीन रहँदै समूह ‘एच’को पुछारमा छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ । तर नेपालले एसिया कप छनोटको तेस्रो चरणमा भने प्रतिस्पर्धा गर्न पाउनेछ ।

बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । यसअघि नेपालले युएईविरुद्ध ४–०, यमनविरुद्ध २–० को हार बेहोरेको थियो । युएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै नौ अङ्क जोडेको बहराइन दोस्रो र यमन तीन अङ्कका साथ तेस्रो छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया