वैशाख ५, २०८१ बुधबार April 17, 2024

सुदूरपश्चिममा कोरोनाका बिरामी बढ्दै

आईतबारसम्म ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुदूरपश्चिममा कोरोना सङ्क्रमण उकालो लागेको छ ।  भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढेको देखिएको हो ।  कामको सिलसिलामा भारत पुगेकाहरू पछिल्लो समय बिसु पर्व मनाउनका लागि स्वदेश फर्किरहेका छन् ।

वैशाख १ गते नयाँ वर्षको दिन सुदूरपश्चिममा बिसु पर्व मनाउने गरिएको छ । पर्व मनाउन घर फर्किनेहरूको सिमानाकामा चेकजाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले चैतमा अझ बढी कोरोना सङ्क्रमण देखा परिरहेको देखाएको छ । चैतको १८ गतेसम्म ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. जगदीश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघमा १५ र फागुनमा ३२ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । “चैतमा कोरोना सङ्क्रमण अझ उकालो लागेको छ” निर्देशक डा. जोशीले भन्नुभयो ।

पछिल्लो एक सातामा ३० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना देखिएका सबै भारतबाट फर्किएका हुन् । नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरोना परीक्षणको काम भइरहेको छ । अहिले बढी केस देखा पर्न थाले पनि कोरोना नियन्त्रणमा सरोकारवालाको चासो देखिएको छैन ।

नाकामा अहिलेसम्म एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गरिरहेको जनाउँदै गौरीफन्टा नाकास्थित हेल्थडेस्कमा कार्यरत अहेब गणेश साउँदले परीक्षण किट अभाव भइरहेको जनाउनुभयो ।

“केस बढिरहेका बेला हामीकहाँ किट सीमित छ” उहाँले अगाडि थप्नुभयो, “यद्यपि, माथिबाट निर्देशन र अन्य निकायबाट कुनै सहयोग भएको छैन ।” यसअघि, कोरोना महामारीका बेला धेरैजसो सहयोगी निकायले कोरोना परीक्षण र नियन्त्रणका लागि सहयोग गरेका थिए ।

भारतको जोखिम क्षेत्रबाट आएका र सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्नेजस्ता लक्षण भएकाहरूको नाकामा परीक्षण गर्ने गरिएको जनाइएको छ । सामान्य खालको लक्षण भएकाहरूको परीक्षण गर्दा कोरोना पुष्टि भइरहेको अहेब साउँदले बताउनुभयो । उहाँले कोरोना पुष्टि भएकालाई अहिलेसम्म होम आइसोलेसनमा बस्नेगरी पठाउने काम भइरहेको उल्लेख गर्नुभयो ।

कोरोना सङ्क्रमण उकालो लागेपछि रोकथामको कार्य पनि भइरहेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोना रोकथाम गर्न तयारी अवस्थामा रहेको निर्देशक डा. जोशीको भनाइ छ । निगरानी, परीक्षण गर्ने कार्य पनि भइरहेको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार