श्रावण १२, २०८१ शनिबार July 27, 2024

आइपिएल : सनराइजर्समाथि गुजरात ७ विकेटले विजयी

गुजरातले सनराइजर्सलाई ७ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग अन्तर्गत गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

आइतबार सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ७ विकेटले पराजति गरेको हो ।

सनराइजर्सले दिएको १६३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

गुजरातको जितमा साइ सुदर्शनले सर्बाधिक ४५ रन बनाएका थिए भने डेभिड मिलरले अविजित ४४, कप्तान शुभमन गिलले ३६, रिद्धिमान शाहले २५ र विजय शंकरले अविजित १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउदै १६२ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र अब्दुल समादले सर्बाधिक २९-२९ रन बनाएका थिए । त्यसति शहबाज अहमदले २२, ट्राभिस हेडले १९, मयंक अग्रवालले १६ र एडेन मर्क्रमले १७ रन बनाएका थिए ।

त्यसैगरी गुजरातका बलर मोहित शर्माले सर्बाधिक ३ विकेट लिए भने अज्मतुल्लाह ओमारजाई, उमेश यादव, रसिद खान र नूर अहमदले एक एक विकेट लिएका थिए ।

यो गुजरातको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो । यो जितपछि ३ खेलमा ४ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सको भने यो तेस्रो खेलमा दोस्रो हार हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार