असार २२, २०८२ आइतबार July 6, 2025

विराट गोल्डकपः विभागीय टोली एपिएफ सेमिफाइनलमा

एपिएफले चर्च व्याइज युनाइटेडलाई २–० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। गए राति भएको खेलमा एपिएफले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च व्वाइज युनाइटेडलाई पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो।

एपिएफले चर्च व्याइज युनाइटेडलाई २–० ले पराजित गरेको छ। एपिएफका प्रदिप लामा र अनिष महर्जनले एक/एक गोल गरे। मध्यान्तरपछि ५७ मिनेटमा लामा र ८७ मिनेटमा महर्जनले गोल गरी आफ्नो टिमलाई विजयी बनाउन सफल भए। एपिएफका प्रदीप लामा खेलको प्लेयर अफ द म्याच घोषित भई नगद रु ११ हजार प्राप्त गरे।

मंगलबार मछिन्द्र फुटबल क्लब काठमाडौं र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ। गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार