मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा पुग्यो आर्सनल

लुटन टाउनलाई २-० गोलले हराउँदै आर्सनल बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत २२ गते । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लुटन टाउनलाई २-० गोलले हराउँदै आर्सनलले शीर्षस्थान कब्जा गरेको हो ।

आर्सनललाई जिताउन कप्तान मार्टिन ओडेगार्ड २४औँ मिनेटमा एक गोल गर्नुभयो । आर्सनलले अर्को गोल पहिलो हाफको अन्तिममा लुटनका डाइकी हाशिओबाट आत्मघाती उपहार पाएको थियो ।

जितसँगै आर्सनलले ३० खेलमा ६८ अङ्क बनाएको छ । दोस्रो स्थानमा हरेको लिभरपुलको ६७ अङ्क छ । पराजित लुटन २२ अङ्कसहित १८औँ स्थानमा छ ।

तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि समान ६७ अङ्क छ । बुधबार राति नै भएको खेलमा सिटीले एस्टन भिल्लालाई ४-१ गोलले हराएको हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार
‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’ : प्रथम राष्ट्रपति यादव
२०८३ मंग्सिर ४, शुक्रबार
आधारभूत तहका प्रहरी कर्मचारीका लागि केन्द्रीय गुनासो व्यवस्थापन डेस्क स्थापना
२०८३ मंग्सिर ४, शुक्रबार
वैशाखमा स्थानीय र मंसिरमा प्रदेशसभा निर्वाचन गर्ने आयोगको प्रस्ताव
२०८३ मंग्सिर ४, शुक्रबार
डिजिटल सुरक्षा र साक्षरता अभिवृद्धि सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ मंग्सिर ४, शुक्रबार
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
२०८३ मंग्सिर ४, शुक्रबार