वैशाख २७, २०८१ बिहिबार May 9, 2024

उपत्यकासहित १७ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै हाइअलर्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले काठमाडौं उपत्यकासहित १७ जिल्लामा बाढी आउने सम्भावना रहेको भन्दै हाइअलर्ट रहन आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै नेपाल बाढी सूचनाले ससाना खोलारुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ, ‘हाल सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, काठमाडौं उपत्यका चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ,अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, दाङ, बर्दिया र आसपास केहि स्थानमा मध्ययम देखि भारी बर्षा भईरहेको, उक्त जिल्ला भई बहने ससाना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास सम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता को लागि अनुरोध ।’

आगामी तिनदिनसम्म नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहनसमेत अनुरोध गरेको छ । आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका ससाना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुनसक्ने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया